“चीन र सर्बियाको मित्रता छिमेकजस्तै” सांस्कृतिक आदनप्रदान कार्यक्रम
2024-05-08 03:35:54CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सर्बियाको राजकीय भ्रमण गर्दै गर्दा चाइना मिडिया ग्रुप र सर्बियाको राष्ट्रिय रेडियो र टेलिभिजनले मे ७ तारिख बेल्ग्रेडमा “चीन र सर्बियाको मित्रता छिमेकजस्तै” साँस्कृतिक आदनप्रदान कार्यक्रमको आयोजना गरेका छन्। सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिचले भिडियोद्वारा शुभकामना सम्बोधन गर्नुभएको छ।

सर्बियाका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्यौङ, सर्बियाका संस्कृतिमन्त्री, सर्बियाका पूर्व सभापति, सर्बियाको राष्ट्रिय रेडियो र टेलिभिजनका निर्देशकले कार्यक्रममा सम्बोधन गर्नुभएको छ। सर्बियाका लागि चिनियाँ राजदूत ली मीङले भिडियोद्वारा सम्बोधन गर्नुभएको छ।