अर्को ६० वर्ष चीन-फ्रान्स सहकार्य जारी
2024-05-08 16:31:53cri
Share with:

चालु वर्ष चीन र फ्रान्स दौत्य सम्बन्ध कायम भएको ६० औँ वार्षिकोत्सव हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सलाई यस वर्ष भ्रमणका लागि पहिलो मुलुक निश्चित गर्नुभएबाट चीन-फ्रान्स सम्बन्धप्रति चीनले निकै महत्व दिएको स्पष्ट देखिएको छ।

फ्रान्सको यसै राजकीय भ्रमण गर्नुअघि राष्ट्राध्यक्ष सीले फ्रान्सेली सञ्चार माध्यममार्फत आफ्नो नाउँ सहित एउटा लेख प्रकाशित गर्नुहुँदै चीन-फ्रान्स सम्बन्धलाई बिँडो थामेर निरन्तर रूपमा विकसित पार्दै जान चीन इच्छुक रहेको प्रकट गर्नुभएको छ।

सम्बद्ध विश्लेषकका अनुसार, एकातिर चीन र फ्रान्स दुवै पक्षले बितेका ६० वर्षयता प्राप्त सफल अनुभवलाई निचोड निकाल्दै सहकार्यको नयाँ गुरूयोजनाको तर्जुमा गरी चीन-फ्रान्स सम्बन्धका लागि नयाँ जिवन्त शक्ति थपिदिनुपर्छ।

अर्कातिर वर्तमान विश्व डामाडोल भएकाले चीन-फ्रान्स सम्बन्धलाई अझ विकसित पार्नु नै चीन-युरोप सहकार्यलाई प्रबर्द्धन गर्न र विश्व शान्ति तथा स्थिरताको संरक्षण गर्नका लागि ज्यादै महत्वपूर्ण अर्थ हुनेछ।

हाल चीन-फ्रान्स सम्बन्धले विश्वलाई निश्चितता दिनुका साथै ठूलो मुलुकको जिम्मेवारीबोधलाई पनि देखाएको छ। अर्को ६० वर्ष चीन र फ्रान्स दुवै पक्षले आपसी सम्बन्धको निरन्तर विकसित पार्दै जानेछन्। त्यसैगरी दुवै देशका जनताका लागि हितकल्यणको सिर्जना गर्नु बाहेक विश्व शान्ति र विकासलाई अघि बढाउनसक्ने छ।