मे ८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ग्रेडस्थित सर्बिया प्लाजामा सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचसँग भेट-वार्ता गर्नुभएको छ।
वार्ताको क्रममा दुवै देशका राष्ट्रनायकले संयुक्त रूपमा चीन-सर्बिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारी त्यसलाई उठाएर नयाँ युगको चीन-सर्बिया भाग्य एकरूपताको स्थापना गर्ने घोषणा गर्नुभएको छ।
चीन-सर्बिया सम्बन्धको भावी विकासबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले ३ वटा प्रस्ताव प्रस्तुत गर्नुभयो। पहिलो, दुवै देश सम्बन्धको रणनीतिक विशेषतालाई प्राथमिकतामा राखी द्विपक्षीय सम्बन्धको सही दिशालाई सुनिश्चित दिँदै जानेछ। दोस्रो, दुवै देश सहकार्यको वास्तविकतालाई कायम राख्दै दुवै देशका जनताका लागि हितकल्यणको सिर्जना गर्दै जानेछ। र तेस्रो, दुवै देश सम्बन्धको सिर्जनशीलतालाई बढाएर सहकार्यको नयाँ अध्याय खोल्दै जानेछ।
प्रत्युत्तरमा राष्ट्रपति भुचिचले थाइवान लगायतका केन्द्रीय समस्यामा चीनको उचित अडानलाई सर्बियाले दृढताका साथ समर्थन गर्नुका साथै सर्बियाले निरन्तर रूपमा अटलताका साथ चीनलाई समर्थन गर्दै जाने अठोट पनि प्रकट गर्नुभएको छ।
वार्ता सम्पन्न भएपछि दुवै देशका राष्ट्रनायकले “चीन-सर्बिया सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारी त्यसलाई उकासेर नयाँ युगमा चीन-सर्बिया भाग्य एकरूपताको स्थापना गर्ने संयुक्त वक्तव्य” पनि जारी गर्नुभएको छ। उहाँहरूले संयुक्त रूपमा पत्रकारसँग कुराकानी पनि गर्नुभएको छ।
सोही दिन मध्यान्ह राष्ट्रपति दम्पतिले राष्ट्राध्यक्ष सी र श्रीमती फङ ली युआनको सम्मानमा सर्बिया प्लाजामा भव्य स्वागत भोजको आयोजना गर्नुभएको छ।