सर्बियाका राष्ट्रपति दम्पत्ति, भूतपूर्व राष्ट्रपति दम्पत्तिद्वारा विमानस्थलमा राष्ट्राध्यक्ष सी चिनफिङको स्वागत
2024-05-08 04:22:37CRI
Share with:

स्थानीय समयअनुसार मे ७ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन विशेष विमानद्वारा बेल्ग्रेड पुग्नुभएको छ। सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिच दम्पत्ति, भूतपूर्व राष्ट्रपति तोमिस्लाभ निकोलिक दम्पत्ति, सभापति र प्रधानमन्त्रीहरूले विमानस्थलमा उहाँहरूको हार्दिक स्वागत गर्नुभएको छ।