राष्ट्राध्यक्ष सीद्वारा नयाँ युगमा चीन-सर्बिया भाग्य एकरूपताको निर्माणलाई समर्थन गर्न ६ वटा वास्तविक कदमको घोषणा
2024-05-09 00:18:43CRI
Share with:

मे ८ तारिख मध्यान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ग्रेडस्थित सर्बिया प्लाजामा सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचसँगको भेट-वार्ता सम्पन्न भएपछि संयुक्त रूपमा पत्रकारहरूसँग भेटघाट गर्नुभएको छ।

त्यस क्रममा राष्ट्राध्यक्ष सीले चीनले नयाँ युगमा चीन-सर्बिया भाग्य एकरूपताको निर्माणलाई समर्थन गर्न ६ वटा वास्तविक कदम घोषणा गर्नुभएको छ।

पहिलो, दुवै पक्षको साझा प्रयासमा चीन-सर्बिया स्वतन्त्र व्यापारिक सन्धि चालु वर्षको जुलाई १ देखि औपचारिक रूपमा लागु गरिनेछ।

दोस्रो, चीनले सन् २०२७ पेशागत विश्व एक्स्पोको आयोजना गर्न सर्बियालाई समर्थन गर्नेछ।

तेस्रो, सर्बियाका विशेषतायुक्त उत्कृष्ट कृषि वस्तुको निर्यातलाई प्रबर्द्धन गर्न चीन इच्छुक छ।

चौथो, आगामी ३ वर्षभित्र चीनमा विज्ञान क्षेत्रमा आदानप्रदानका लागि चीनले ५० जना सर्बियाली युवा वैज्ञानिकलाई समर्थन गर्नेछ।

पाँचौँ, आगामी ३ वर्षमा चीनमा अध्ययनका लागि चीनले ३ सय सर्बियाली किशोर-किशोरीलाई निमन्त्रणा दिनेछ।

र छैठौँ, बेल्ग्रेड-शाङहाई सिधा उडान रूटलाई बढाउन चीनले सर्बियालाई स्वागत गरेको छ।