पारदर्शिता र सुशासन एक अर्काका पूरक भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ
2024-05-09 16:08:51CRI
Share with:

राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताउनुभएको छ। बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।   

लेखा व्यवसायीको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको उहाँले बताउनुभयो । कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शीता नै रहेको उहाँले बताउनुभयो । उहाँले देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुने बताउनुभयो।

विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखा परीक्षणबाट सम्भव हुने बताउनुभयो । उहाँले कुनै पनि क्षेत्रमा हुनसक्ने सानादेखि ठुला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहीलाई सही र गलतलाई गलत भनि स्पष्ट हिसाव हुन नसक्ने हो भने सानादेखि ठुला आर्थिक कारोबारमा भएका गलत गतिविधि नियन्त्रण गर्ने विषय सहज नहुने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘आफ्नो अर्थनीतिमा लक्ष्यअनुरुप अघि बढ्न सम्मेलनले नेपालको अर्थनीतिमा लेखा व्यवसायीको बेग्लै स्थान कायम गर्ने विश्वास मैले लिएको छु । तपाईंहरुकै सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको हो ।’ 

सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टड एकाउण्टेनको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । वास्तवमा पारदर्शिता र सुशासन एक अर्काका पूरक भएको उहाँले चर्चा गर्नुभयो। कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाव प्रणालीको पारदर्शीता हो । 

देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुने उहाँले बताउनुभयो।

विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुन्छ । कुनै पनि क्षेत्रमा हुनसक्ने सानादेखि ठुला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले सहयोग गर्छ उहाँले भन्नुभयो । 

 ‘सहीलाई सही र गलतलाई गलत भनि स्पष्ट हिसाब हुन नसक्ने हो भने सानादेखि ठुला आर्थिक कारोबारमा भएका गलत गतिविधि नियन्त्रण गर्ने विषय सहज हुने थिएन, राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकभर सक्रिय लेखा परीक्षणकै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा पनि लिन सकेका छौं । हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म हो । आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय हो । तसर्थ न्यायोचित ढङ्गबाट कर्म सम्पादन गरिरहनुभएका लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।’ 

गोरखापत्र अनलाइनका अनुसार उहाँले हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको र आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय भएकाले न्यायोचित ढङ्गबाट कर्म सम्पादन गरिरहनुभएका लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको बताउनुभयो।