राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बुडापेस्ट अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित सम्बोधन
2024-05-09 04:29:47CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ८ तारिख हङ्गेरीको बुडापेस्ट अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित सम्बोधन गर्नुभएको छ।

 

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट हङ्गेरी सरकार र हङ्गेरीका जनतालाई हार्दिक अभिवादन र शुभेच्छा व्यक्त गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीका अनुसार, चालु वर्ष चीन र हङ्गेरी बीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव भएकाले दुई मुलुकको सम्बन्धका लागि विकासको महत्त्वपूर्ण सुअवसर आएको छ। दुवै पक्षको साझा प्रयासमा यस भ्रमण सफल हुनसक्ने भन्दै चीन-हङ्गेरी सम्बन्धमा अझै सुमधुर भविष्य सिर्जना हुनसक्ने विश्वास पनि उहाँले प्रकट गर्नुभएको छ।