फङ लीयुआन र हंगेरी राष्ट्रपतिकी श्रीमतीद्वारा बुडाभारी पालोटा भवनको निरीक्षण
2024-05-09 20:56:54CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुआनले ९ तारिख हंगेरीकी राष्ट्रपतिकी श्रीमतीसँग बुडाभारी भवनको निरीक्षण गर्नुका साथै चिया पार्टी गर्नुभएको छ। 

हंगेरी राष्ट्रपतिकी श्रीमतीको साथमा फेङ लीयुआनले हंगेरी पोर्सिलेन र परम्परागत कढ़ाई प्रविधिको प्रदर्शन अवलोकन गर्नुभएको छ। पोर्सिलेन र कढ़ाई चीन र हंगेरीको सभ्यताका सामान्य प्रतीक हुन् र दुइ देशका कलाकारहरूबीच आदानप्रदानलाई सबल पारेर सभ्यताको मिश्रण गर्ने प्रतिक्षामा रहेको श्रीमती फङले व्यक्त गर्नुभएको छ। 

उहाँहरूले भवनको सेन्ट इस्टेवन कोठाको मर्मत अवस्थाबारे जानकारी श्रवण गर्नुभयो।  श्रीमती फङले हंगेरी विशेष मर्मत प्रविधिको प्रशंसा गर्दै सांस्कृतिक सम्पदाको संरक्षण र मर्मतमा दुई पक्षले सहकार्यलाई सबल पार्ने आशा गर्नुभएको छ। 

दुवै जनाले मैत्रीपूर्ण चियापानमा भाग लिनुभयो।  श्रीमती फङका अनुसार, हंगेरी सुन्दर देश र जनता उत्साही छन्। चीन र हंगरीको सँस्कृतिमा धेरै समानता छ। दुई देशका जनताबीच गहिरो मित्रता छ। दुई देशको मित्रता निरन्तर रहोस् भन्ने कामना उहाँले गर्नुभयो।