“सी चिनफिङलाई मनपर्ने भनाइहरू”(अन्तर्राष्ट्रिय संस्करण)हङ्गेरीमा प्रसारित
2024-05-09 06:42:43CRI
Share with:


चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङ्गेरीको राजकीय भ्रमण थाल्नुभएको अवसरमा चाइना मिडिया ग्रुपद्वारा निर्मित “सी चिनफिङलाई मनपर्ने भनाइहरू”(अन्तर्राष्ट्रिय संस्करण)को प्रसारण शुभारम्भ समारोह मे ८ तारिख बुडापेस्टमा आयोजना गरिएको छ।

हङ्गेरीका पूर्व राष्ट्रपति पाल स्मिथ र पूर्व प्रधानमन्त्री मेग्येसी पिटरले सो कार्यक्रम प्रसारण गरिएकोमा बधाई व्यक्त गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले उक्त समारोहलाई सम्बोधन गर्दै चीन-हङ्गेरी मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको नयाँ अध्याय लेख्नुका साथै मानवजाति भाग्यको एकरूपताको स्थापनालाई अघि बढाउनका लागि अझ ठूलो योगदान गर्दैजान चाइना मिडिया ग्रुप इच्छुक रहेको कुरामा जोड दिनुभएको छ।