चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हंगेरीका राष्ट्रपति टामास सुल्योकसँग भेटवार्ता
2024-05-09 19:15:19CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ९ तारिख हंगेरीका राष्ट्रपति टामास सुल्योकसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले सुन्दर हंगेरीको भ्रमण र राष्ट्रपति सुल्योकसँगको भेटघाटप्रति प्रसन्नता प्रकट गर्नुभयो। राष्ट्रपति सुल्योकसँग असल व्यवहारिक सम्बन्ध र मित्रता कायम राखेर साझा अभिरूचिका मामिलामा आदानप्रदानलाई सबल पारी चीन-हंगेरी सम्बन्धको उच्चस्तरीय विकासलाई अगाडि बढाउने इच्छा पनि उहाँले राख्नुभएको छ। 

हंगेरी नयाँ चीनको मान्यता दिने पहिलो देशहरूमध्येको एक हो। दौत्य सम्बन्ध स्थापनादेखि दुई देशले सधैं आपसी सम्मान, समान सहअस्तित्व र हितकर तथा साझा विजयको भावना कायम राखेका छन्। चालु वर्ष चीन र हंगेरीबीच दौत्य सम्बन्ध स्थापना भएको ७५औं वार्षिकोत्सव हो। राष्ट्रपति सुल्योकसँग परम्परागत मित्रताको प्रसारण गर्ने, राजनीतिक विश्वासलाई गहन पार्ने, आपसी हितकर सहकार्यलाई सबल पार्ने गरी दुई देशको सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा पनि राष्ट्राध्यक्ष सीले राख्नुभएको छ।