सी चिनफिङ र ओर्बानबीचको मैत्रीपूर्ण भेटघाट
2024-05-09 09:33:07CRI
Share with:

स्थानीय समयअनुसार मे ८ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा बुडापेस्ट पुगेर हंगेरीको राजकीय भ्रमण गर्न थाल्नुभएको छ। हंगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोर दम्पत्तिले विमानस्थलमा सी चिनफिङलाई स्वागत गर्नुभयो। राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री ओर्बानबीच धेरै पटक भेट-घाट भएका थिए। सी चिनफिङलले चीन-हंगेरी परम्परागत मित्रताको लामो इतिहास रहेको भन्दै चीनले हंगेरीसँग आपसी विश्वासमा साझा फाइदायुक्त असल साथी र साझेदारीलाई अरू बढाएर चीन-हंगेरी व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा उकासी चीन-हंगेरी मैत्रीपूर्ण सहयोग सम्बन्धको नयाँ पृष्ठ लेख्ने इच्छा लिएको उल्लेख गर्नुभयो।