राष्ट्राध्यक्ष सी चिनफिङ तथा हङगेरीका प्रधानमन्त्री ओर्बानद्वारा पत्रकारसँग भेटघाट
2024-05-10 03:56:37CRI
Share with:
मे ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बुडापेस्टस्थित प्रधानमन्त्री भवनमा हङगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरसँग भेट-वार्ता गर्नुभएपछि संयुक्त रूपमा पत्रकारसँग पनि भेटघाट गर्नुभएको छ।
भेटका अवसरमा राष्ट्राध्यक्ष सीले चीन - हङगेरी सम्बन्धलाई नयाँ युगमा हरपरको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको रूपमा उकासिने घोषणा गरेको कुरालाई नयाँ शुरूआत बनाएर दुवै देश सम्बन्ध र वास्तविक सहकार्यलाई अझ उच्च स्तरतर्फ लैजान्दै जान चीन इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।
प्रधानमन्त्री ओर्बानले हङगेरी-चीन सम्बन्धलाई अझ उठाएर आधुनिकीकरणलाई साकार तुल्याउने आ-आफ्नो प्रक्रियामा दृढ र भरपर्दो साझेदारी बन्दैजाने आशा प्रकट गर्नुभएको छ।