राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआन र हङगेरीका प्रधानमन्त्रीकी श्रीमतीद्वारा हङगेरी-चीन बहुभाषीय विद्यालयको अवलोकन
2024-05-10 04:00:58CRI
Share with:

मे ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआनले हङगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरकी श्रीमती रेभोइका साथमा बुडापेस्टस्थित हङगेरी-चीन बहुभाषीय विद्यालयको अवलोकन गर्नुभएको छ।

अवलोकन क्रममा दुवै देशका राष्ट्रनायकका श्रीमतीले ठूलो चासो दिएर चिनियाँ भाषा कक्षा, कागज काट्ने कला तथा चिनियाँ लिपि लगायतका चिनियाँ परम्परागत सांस्कृतिक कक्षाको अवलोकन गर्नुका साथै विद्यार्थीहरुसँग सौहार्दपूर्वक कुराकानी गर्नुभयो। विद्यार्थीहरूले चिनियाँ भाषा र संस्कृति सिकेर समय मिलेको खण्डमा चीन गएर अध्ययन गर्दै चीन-हङगेरी मित्रताका लागि सकारात्मक योगदान गर्नसक्ने आशा पनि श्रीमती फङ ली युआनले व्यक्त गर्नुभएको छ।