पन्ध्र वर्षपछि हङ्गेरीको फेरि भ्रमण गर्दा न्यानो र मैत्रीपूर्ण सदभाव पाएँ: सी चिनफिङ
2024-05-10 07:29:48CRI
Share with:

    स्थानीय समयअनुसार मे ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बुडापेस्टस्थित प्रधानमन्त्री भवनमा हङगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरसँग भेट-वार्ता गर्नुभएको छ।

    चीनका राष्ट्राध्यक्ष सीले औँल्याउनुभएअनुसार, पन्ध्र वर्षपछि हङ्गेरीको फेरि भ्रमण गर्दा दुईवटा कुराले उहाँलाई गहिरो भाव दिएको छ। एक, हङ्गेरी आर्थिक सामाजिक विकासमा ठूलो परिवर्तन भएको छ। दुई, हङ्गेरी जनताको न्यानो र मैत्रीपूर्ण स्वागतले राष्ट्राध्यक्ष सीलाइ गहन प्रभाव पारेको छ।