पन्ध्र वर्षअघि र हिजो मलाइ फूल दिने किशोरी एउटै हुन् भन्ने थाहा पाउँदा मेरो मन गदगद भयो: सी चिनफिङ
2024-05-10 07:06:17CRI
Share with:

    चीनका राष्ट्राध्यक्ष सी चिनफिङले स्थानिय समय मे ९ तारिख बिहान हंगेरीका राष्ट्रपति टामास सुल्योकसँग भेटवार्ता गर्नुभएको छ।

    वार्तामा राष्ट्राध्यक्ष सी आफ्नो भ्रमणका क्रममा एउटा न्यानो क्षणबारे जानकारी दिनुभएको छ। स्थानीय समय मे ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङको विशेष विमान बुडापेस्टमा पुग्दा हङ्गेरी-चीन  भाषा विश्वविद्यालयका एकजना विद्दार्थीले उहाँलाई फूल दिएकी थिइन्। सन् २००९ मा चीनका उपराष्ट्राध्यक्षको हैसियतमा रहँदा सी चिनफिङको हङ्गेरी भ्रमणमा उहाँलाई ती नै किशोरीले फूल दिएकी थिइन्। १५ वर्षपछि उही किशोरीबाट स्वागतको फूल पाउँदा आफू गदगद भएको सी चिनफिङले बताउनुभयो।