चीनका राष्ट्राध्यक्ष सी चिनफिङ यूरोपको भ्रमणबारे चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ
2024-05-11 15:56:55cri
Share with:

मे ५ देखि १० तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्स, सर्बिया र हंगेरीको राजकीय भ्रमण गर्नुभएको छ। यो भ्रमणपछि  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले यो भ्रमणको बारेमा जानकारी दिनुभएको छ।

मन्त्री वाङ यीका अनुसार, ग्रीष्म ऋतुको सुरूमा राष्ट्राध्यक्ष सीले सन् २०२४ को पहिलो भ्रमण सुरू गर्नुभयो। पाँच दिन र ५ रातिमा उहाँले ३ देशका ४ क्षेत्रको भ्रमण गर्नुभयो। सो अवसरमा ३० भन्दा बढी कार्यक्रमले द्वीपक्षीय र बहुपक्षीय वार्ता र राजनीतिक तथा आर्थिक विषय समेटेका छन्। त्यसमा औपचारिक राजकीय कार्यक्रम पनि छ, अनौपचारिक “टाई नलगाउने” अवस्थाको हार्दिक आदानप्रदान पनि छ। व्यापक रणनीतिक वार्ता पनि छ, मन जोड्ने गफ पनि छ। सबै तीन देशहरूले यो भ्रमणमाथि उच्च महत्व दिंदै सर्वोच्च स्वागत र सत्कार सौजन्य गरेका छन्।

१, दौत्य सम्बन्ध स्थापना भएको प्रारम्भिक इच्छाको पालना गरी चीन र फ्रान्सको सम्बन्धको उत्तराधिकार र विकास गरेको छ।

२,“फलामले ढाकेको मित्रता”को निरन्तरता दिंदा नयाँ युगमा चीन र सर्बिया भाग्य समुदायको निर्माण सुरू गरेको छ।

३, परम्परागत मित्रतालाई दृढ पारेर चीन र हंगेरीको सम्बन्धलाई “स्वर्ण मार्ग”मा प्रवेश गर्न नेतृत्व गरेको छ।

४, सही धारणालाई आकार दिंदा चीन र यूरोपबीच साझेदारी सम्बन्धको सही स्थितिको पालना गर्न नेतृत्व गरेको छ।

५, ठूलो मुलुकको जिम्मेवारी देखाउँदा विश्व शान्तिका लागि चिनियाँ योजना प्रस्तुत गरेको छ।

भ्रमणमा राष्ट्राध्यक्ष सीले यूरोपका नेतागणसँग युक्रेन संकट,  प्यालेष्टाइन र इजरेलको भिडन्तलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय तातो मामिलाबारे गहिरो रूपमा वैचारिक आदानप्रदान गर्नुभयो।

त्यसका साथै श्रीमती कूटनीति पनि यो भ्रमणमा मुख्य आकर्षण बनेको मन्त्री वाङले बताउनुभएको छ।