भारतका लागि नयाँ चिनियाँ राजदूतद्वारा चिनियाँ तथा भारतीय मिडियासँग संयुक्त अन्तर्वार्ता
2024-05-11 18:54:27cri
Share with:

भारतका लागि नयाँ चिनियाँ राजदूत स्यु फैले ७ तारिख सीजीटीएन तथा भारतीय प्रेस ट्रास्ट अफ इन्डियालाई संयुक्त अन्तर्वार्ता दिनुभएको छ।

 केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनको सम्बन्ध ज्यादै महत्वपूर्ण भएर सीमा समस्याको छिटै समाधान गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो। त्यसप्रति चीनले आपसी चासोको विचार गरेर वार्ता र सल्लाहमार्फत् सम्बन्धित विषयमा दुवैका लागि स्वीकार्य  समाधान प्राप्त गर्ने इच्छा राखेको राजदूत स्यु फैले बताउनुभएको छ।

 द्वीपक्षीय सम्बन्धको विकासबारे अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा चीन र भारतले आदानप्रदान तथा समन्वयलाई सबल पारेर आफैँ र विश्वलाई मौका दिनु मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्धमा स्थिरता र सक्रिय शक्ति थप्ने, निष्पक्ष र उचित अन्तर्राष्ट्रिय व्यवस्थाको निर्माण गर्न सकारात्मक भूमिका खेल्ने राजदूत स्यु फैले प्रकट गर्नुभएको छ।