हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानद्वारा चाइना मिडिया ग्रूपलाई विशेष अन्तर्वार्ता
2024-05-11 16:40:34CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको हंगेरीको राजकीय भ्रमणको अवसरमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले स्थानीय समयअनुसार मे ९ तारिख बुडापेस्टमा चाइना मिडिया ग्रूपको 'हाई–एन्ड इन्टरभ्यु' लाई विशेष अन्तर्वार्ता दिनुभएको छ। 

सो अन्तर्वार्दामा प्रधानमन्त्री ओर्बानले चिनियाँ राष्ट्राध्यक्ष सीबाट प्रस्तुत विश्व विकास पहल, विश्व सुरक्षा पहल तथा विश्व सभ्यता पहलबारे आफ्नो धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, दुवै चिनियाँ जनता र हंगेरीका जनताले अरूको जीवनमाथि हस्तक्षेप गर्नुहुँदैन भन्ने ठहर लिएका छन्। यो निकै महत्वपूर्ण छ र सम्मानको आधार हो। देशको शासनमा आफ्नै सँस्कृति र रीतिरिवाजको पालना गर्नुपर्छ। यदि अरूलाई सम्मान दिने हो भने अरूको सँस्कृतिलाई पनि सम्मान दिनुपर्छ। विशेष गरी सँस्कृतिको भिन्नता। यी भिन्नताले विभिन्न राजनीतिक प्रणाली बनाएको हो। यो राष्ट्राध्यक्ष सी चिनफिङले तीन विश्व पहल प्रस्तुत गर्ने आधार हो। त्यसैले विश्वको शासन र विभिन्न देशका नेतागणबीच वैचारिक आदानप्रदानलाई बढाउन राष्ट्राध्यक्ष सीको प्रयासमाथि हामीले उच्च मूल्याङ्कन गरेका छौं। त्यसैगरी चीनले विश्वलाई राम्रो नमूना दिएको छ अर्थात् हामीले आपसी सम्मान गर्नुपर्छ।