पारिवारिक शैलीको उत्तराधिकार
2024-05-12 16:39:13CRI
Share with:

सन् १९५३ जुनमा सी चिनफिङ परिवार, पारिवारिक शिक्षा र पारिवारिक शैलीमाथि महत्व दिने परिवारमा जन्मनुभयो। लगभग १६ वर्षको उमेरमा सी चिनफिङ पल्लो शानसीको उत्तरी भाग गएअघि आमा छि सिनले रंगीन पुराना लुगाबाट कपडा काटेर डसना सिलाउनुभयो। चङ तिङ बस्तीमा काम गर्दा सी चिनफिङले यो डसनाको प्रयोग गर्नुभयो।

नेताको पदमा नियुक्त भएपछि आमा छि सिनले विशेष गरी पारिवारिक बैठक गरेर अरू छोरा-छोरीलाई सीको जिम्मेवारी क्षेत्रमा व्यापार नगर्न अनुरोध गर्नुभयो। सन् २००१ मा व्यस्तताका कारणले सी चिनफिङले बुवाको ८८ वर्षीय उमेरको भोजमा भाग लिन पाउनुभएन। वसन्त चाडमा उहाँले घर फर्कन पाउनुभएन। तर आमाले राम्ररी काम गरेर बुवाआमालाई सबै भन्दा बढी जवाफ दिएको तर्क राख्नुभयो।

आमाले मिङ राजवंशदेखि फैलिएको “अधिकारी भनाइ” लेख्नुभयो। ती अधिकारीको भनाइअनुसार, निष्पक्ष भएर मात्र सही र गलत छुट्याउन सकिन्छ र इमानदार भएर मात्र प्रतिष्ठा स्थापित गर्न सकिन्छ। राष्ट्राध्यक्ष सीले बैठकमा उक्त अधिकारीको भनाइ उद्धृत गरेर अरूलाई चेतावनी दिनुभयो।

बुवाआमाको प्रभावमा सी चिनफिङले जनताका लागि फाइदाजनक मान्छे बन्न प्रयास गर्नुभएको छ। सी चिनफिङले निरन्तर १२ वर्ष गरिब विद्यार्थीलाई अनुदान दिनुका साथै ८ पटक ती विद्यार्थीसँग भेट्नुभयो र ५ पटक चिट्ठीको जवाफ दिनुभयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव नियुक्त भएपछि सीले मानव जातिको गरिबी निवारण इतिहासमा चमत्कार सिर्जना गर्न नेतृत्व गर्नुभएको छ।

सी चिनफिङले भन्नुभयो-“युग जसरी परिवर्तन भएपनि, जीवनमा जेजसरी परिवर्तन भएपनि हामीले परिवारको निर्माणमाथि महत्व दिनुपर्छ। परिवार, पारिवारिक शिक्षा र पारिवारिक शैलीमाथि ध्यान दिनुपर्छ।”