जोर्डनमा “तिर्खा सिंह” शीषर्षकमा संयुक्त सैन्य अभ्यास
2024-05-13 19:17:25cri
Share with:

जोर्डनको सशस्त्र सेनाले मे १२ तारिख “तिर्खा सिंह” शीषर्षकमा संयुक्त सैन्य अभ्यास शुरु भएको घोषणा गरेको छ। यस पटकको सैन्य अभ्यास मे २३ तारिखसम्म चल्नेछ। अमेरिका तथा जोर्डन लगायत ११ वटा अरबेली मुलुकहरु लगायत ३३ वटा मुलुकहरु सो अभ्यासमा सहभागी भएका छन्।

 

जोर्डनको सशस्त्र सेनाका प्रवक्ता मुस्तफा खियारीले मे १२ तारिख प्रेस सम्मेलनमा बोल्दै “तिर्खा सिंह” संयुक्त सैन्य अभ्यास मध्यपूर्व क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण सैन्य अभ्यासमध्येको एक भएको बताउनुभयो। उक्त मुलुकहरुका नौ सेना, स्थल सेना तथा वायु सेना बाहेक, केही सरकारी तथा गैर-सरकारी संस्थाहरु तथा मानवतावादी संगठनहरुको सो सैन्य अभ्यासमा संलग्नता हुनेछन्।