अघिल्ला चार महिना ६,१८४ वटा चीन युरोप मालवाहक रेल सञ्चालन
2024-05-13 14:50:18cri
Share with:

चीनको राष्ट्रिय रेलमार्ग समूह लिमिडेट कम्पनीकाअनुसार यस वर्षको जनवरीदेखि अप्रिलसम्म कूल ६,१८४ वटा चीन युरोप मालवाहक रेल सञ्चालनमा आएको छ र ६ लाख ७५ हजार वटा मानक बाकसको ढुवानी गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा क्रमशः१० र ११ प्रतिशतले बढेको छ।

सञ्चालनदेखि यस वर्षको अप्रिलको अन्तसम्म जम्मा गरी ८९ हजार वटा चीन युरोप मालवाहक रेलले युरोपका २५ राष्ट्रहरुका २२३ वटा शहरमा पुगेका छन्।  चीन युरोप मालवाहक रेलको उच्च गुणस्तरीय विकासलाई तीव्र बनाउनु नै बेल्ट एण्ड रोडको उच्च गुणस्तीय संयुक्त विकासका आठ ठूला कार्यमध्ये एक हो। यस वर्ष चीन युरोप मालवाहक रेलले निरन्तर नयाँ च्यानलको विकास गर्दै भन्सार पार गर्ने शैलीको अनुकूलन गर्दैआएको छ जसले चीन र युरोपबीचको व्यापारका लागि उच्च प्रभावकारी ढुवानी बाटो सिर्जना गरेको छ।