राष्ट्राध्यक्ष सी चिनफिङको ३ वटा युरोपेली मुलुकको भ्रमणबाट सकारात्मक प्रतिकृया
2024-05-13 19:16:07cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ मे ११ तारिखब बिहान फ्रान्स, सर्बिया र हङगेरीको राजकीय भ्रमण सम्पन्न गरी विशेषविमानद्वारा पैचिङ फर्कनुभएको छ। उहाँको युरोप भ्रमणले उल्लेखनीय उपलब्धि प्राप्त गर्दै डामाडोल विश्वमा न्यानोपन ल्याएको छ।

भ्रमण अवधिमा राष्ट्राध्यक्ष सीले जताततैको हार्दिक स्वागत पाउनुभएको छ। त्यसबाट भ्रमण भएका मुलुकका जनताले राष्ट्राध्यक्ष सीप्रति उच्च आदर देखाउनुका साथै चिनियाँ जनत लक्षित मैत्रीपूर्ण भावना र द्वीपक्षीय सम्बन्धको विकास गर्ने शुभेच्छा पनि देखाएका छन्।

राष्ट्राध्यक्ष सीको उक्त युरोप भ्रमणले देशी र विदेशी उच्च महत्व तानेको मात्र नभई युरोपेली मुलुकका राजनीतिज्ञ, विद्वान र सर्वसाधारण माझ सकारात्मक प्रतिकृया पनि आएको देखिन्छ। उनीहरूले के ठहर गरेका छन् भने राष्ट्राध्यक्ष सीको यस भ्रमणले चीन-फ्रान्स सम्बन्धलाई अझ सुदृढ पार्ने, चीन-सर्बिया सम्बन्धलाई अझ सबल पार्ने, चीन-हङगेरी सम्बन्धलाई अझ उकास्ने र चीन-युरोप सहकार्यलाई नयाँ स्तरमा पुर्याउने लक्ष्यलाई साकार तुल्याएको छ। त्यस भ्रमणको विशेष रणनीतिक अर्थ र गहिरो प्रभाव रहेको छ।