प्यालेष्टाइन छिटै संयुक्त राष्ट्र संघको औपचारिक सदस्य मुलुक बन्ने चीनको आशा
2024-05-13 19:16:47cri
Share with:

मे १० तारिख संयुक्त राष्ट्र संघीय महासभाको दशौँ विशेष सम्मेलनले १४३ मतका पक्षमा एउटा निर्णय पारित गरेको छ। उक्त प्रस्तावको विपक्षमा ९ मत र तटस्थ रहनेमा २५ मत रहेको छ। सो निर्णय-प्रस्तावले प्यालेष्टाइनलाई संयुक्त राष्ट्र संघीय बडापत्रमा उल्लिखित संयुक्त राष्ट्र संघको औपचारिक सदस्य मुलुकको हैसियत अनुकूल भएको निश्चित गर्दै संयुक्त राष्ट्र संघमा संलग्न हुन प्यालेष्टाइनको निवेदनको पुन:लेखाजोखा गर्न सुरक्षा परिषद्लाई आग्रह गरेको छ। चीनले उक्त मतदानमा पक्षमा मत हालेको छ।

 

मे १३ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै चिनियाँ प्रतिनिधिले मतदानपछिको सम्बोधनमा सम्पूर्ण रूपमा चीनको अडानलाई प्रकाश पार्नुभएको छ। उहाँका अनुसार, प्यालेष्टाइन छिटै नै संयुक्त राष्ट्र संघको औपचारिक सदस्य मुलुक बन्ने चीनको आशा छ। त्यसैगरी प्यालेष्टाइनले अन्य सदस्य मुलुक जस्तै विस्तृत र समान अधिकारको उपभोग गर्नसक्नेछ।