अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा थप नयाँ शुल्क लगाउनेप्रति चीनको कार उद्योग परिषदको प्रतिक्रिया
2024-05-13 14:42:41cri
Share with:

अमेरिकी सरकारले चिनियाँ विद्युतीय गाडीलगायत महत्वपूर्ण रणनीतिक व्यवसायमा थप नयाँ शुल्क लगाउने सम्भावना रहेको हालै केही विदेशी मिडियाले जनाएको छ।

यसप्रति चीनको कार उद्योग परिषदका उपाध्यक्ष फू पिङ फिङले व्यक्त गर्नुभएअनुसार अमेरिकाले चीनको नयाँ ऊर्जास्रोत गाडी उद्योगमाथि तथाकथित अधिक क्षमता र तथाकथित राष्ट्रिय सुरक्षा सम्बन्धी चिन्ताको विस्तार गर्ने गतिविधि नै विशिष्ट व्यापारिक संरक्षणवाद हो। नयाँ ऊर्जास्रोत व्यवसाय मानवजातिले संयुक्त सिर्जना गरेको हो र यसले मानवजातिमा लाभ ल्याउने छ। अमेरिकी बजारमा यस्तो व्यवसायको प्रवेशलाई सीमित पार्नु निकै अव्यावहारिक देखिन्छ।