“सौन्दर्य बस्ती”उच्च गुणस्तरीय विकास बाटोमा
2024-05-13 14:45:10CRI
Share with:

चीनको च च्याङ प्रान्तको हुचौ शहरमा पर्ने ताइसि जिल्लालाई“सौन्दर्य बस्ती”भनिन्छ। यहाँ २८१ वटा कस्मेटिक र सम्बन्धीत् व्यवसाय छन्। यस जिल्लामा पूर्ण कस्मेटिक उत्पादन बस्तु औद्योगिक श्रृँखलाको स्थापना मात्र नभई कस्मेटिक व्यवसायको उत्पादन परिमाण,सफाइ,स्वचालित क्षमता सबै अन्तर्राष्ट्रिय स्तरका छन्। सम्बन्धि तथ्याङ्कअनुसार सन् २०२३ मा यस बस्तीको कस्मेटिक व्यवसायको कूल उत्पादन मात्रा ८ अर्ब ६६ करोड ७० लाख युआन पुगेको थियो भने १२ खर्ब ८९ करोड ३० लाख युआनको राजस्व सिर्जना गरेको छ। यस क्षेत्रले “सुन्दर अर्थतन्त्र”को उच्च गुणस्तरीय विकासका लागि सक्रिय प्रवर्द्धन गर्दै आएको छ।