सीएमजीद्वारा “चिनियाँ मार्का दिवस २०२४” समसामयिक मिडिया गतिबिधिको आयोजना
2024-05-14 19:17:06cri
Share with:

मे १४ तारिख चाइना मिडिया ग्रुपले “चिनियाँ मार्का दिवस २०२४” समसामयिक मिडिया गतिबिधिको आयोजना गर्दै नामी मार्काद्वारा देशलाई सशक्त बनाउने नयाँ कथा सुनाउनुका साथै चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई सघाउ पुर्याउन खोजेको छ।

राष्ट्रिय बजार अनुगमन व्यवस्थापन ब्युरोका प्रमुख लो वन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङ र राष्ट्रिय रेडियो टेलिभिजन ब्युरोका उपप्रमुख याङ को रवैले त्यस गतिबिधिमा सहभागी हुँदै बेग्ला बेग्लै गरी सम्बोधन पनि गर्नुभएको छ।

आफ्नो सम्बोधनमा महानिर्देशक शन हाई स्योङले मार्का सशक्त भएपछि मात्र व्यवसाय सशक्त बन्नसक्ने छ र व्यवसाय बलियो भएपछि मात्र देश समृद्ध बन्नसक्नेछ भन्ने कुरामा जोड दिनुभएको छ।