परराष्ट्र मन्त्रालयद्वारा अमेरिकी अर्थमन्त्रीको “अधिक क्षमता” भनाइको खण्डन
2024-05-14 19:23:06cri
Share with:

अमेरिकी अर्थमन्त्री ज्यानेट येलेनले हालै अमेरिकी सञ्चार माध्यमलाई दिनु भएको अन्तर्वार्तामा विद्युतीय गाडी लगायत नयाँ उर्जा स्रोत क्षेत्रमा तथाकथित “अधिक क्षमता” रहेको कुरा बताउनुभएको छ। मे १४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले “अधिक क्षमता” को झण्डा बोकेर अरु देशको उन्नत व्यवसायहरुमाथि दबाव लगाउनुका साथै “निष्पक्ष प्रतिस्पर्धा”को निहुँ लिएर संरक्षणवाद गरेको विचार व्यक्त गर्नुभएको छ।

 

प्रवक्ता वाङले अमेरिकालाई मुखुण्डो तथा दोहोरो मापन त्यागेर संरक्षणवाद नगर्न चीनले सुझाव दिएको स्पष्ट पार्नुभयो।