रन आई टापुको मालिक को हो?
2024-05-14 19:16:00cri
Share with:

फिलिपिन्सले चीनको नान शा टापुहरूमध्येको रन आई टापुमा अवैध रूपमा २० वर्षभन्दा लामो समयसम्म त्यहाँ बसिरहेको एउटा पुरानो सैनिक पानी जहाजको गतवर्षदेखि दुरूपयोग गर्दै उत्तेजना बढाएर दक्षिण चीन सागरको शान्तिलाई डामाडोल बनाउँदै आएको छ। पश्चिमा सञ्चार माध्यमहरूले तथ्य कुराको बेवास्ता गर्दै फिलिपिन्सको उत्तेजित कारवाहीलाई समर्थन गरेका छन्।

वास्तवमा रन आई टापु लगायत नान शा टापुहरू र वरपरका समुद्री क्षेत्रमा चीनको निर्विवाद सार्वभौमिकता रहेको छ। यो कुरा लामो समययताको ऐतिहासिक प्रक्रियामा क्रमश: बनेको र निश्चित गरिएको हो। जुन संयुक्त राष्ट्र संघ बडापत्र लगायतका अन्तर्राष्ट्रिय कानुनसँग मेल खाएको देखिन्छ।

रन आई टापु चीनको नान शा टापुहरूमध्येको एक भाग हो। दक्षिण चीन सागरमाथि  चीनको सार्वभौमिकताले २ हजार वर्षभन्दा लामो इतिहास बोकेको छ। तसर्थ रन आई टापु लगायतको नान शा टापुहरूका सन्दर्भमा चीनको अवश्य भूखण्डको सार्वभौमिकता रहँदै आएको छ।