“विश्व स्वास्थ्य सम्मेलनमार्फत थाइवानको स्वतन्त्रता खोज्ने गतिबिधि” अवश्य नै विफल भएको चिनियाँ राज्य परिषदको थाइवान मामिला कार्यालयको भनाइ
2024-05-14 19:22:03cri
Share with:

विश्व स्वास्थ्य सम्मेलनका लागि दर्ता गर्ने अन्तिम दिन मे १३ तारिख हो। थाइवानले फेरि सो सम्मेलनमा भाग लिन पाएको छैन। चिनियाँ राज्य परिषदको थाइवान मामिला कार्यालयका प्रवक्ता छन् पिन ह्वाले चीनको थाइवान क्षेत्रले विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिने विषयबारे चर्चा गर्दै चीनको अडान स्थायी तथा स्पष्ट रहेको बताउनुभयो। चीनको एक मात्र चीनको सिद्धान्त बमोजिम गर्नुपर्ने र यो संयुक्त राष्ट्र संघको महाधिवेशनको २७५८ औँ नम्बरको निर्णय प्रस्ताव तथा विश्व स्वास्थ्य सम्मेलनको २५ औँ नम्बरको निर्णय प्रस्तावमा निश्चित गरिएको मूलभूत सिद्धान्त भएको चीनले प्रष्ट पारेको छ।

प्रवक्ता छनले थाइवानको सत्तारुढ मिनचिन पार्टीले जिद्दी गरेर “स्वतन्त्र थाइवान”को पृथक धारणा अपनाएर “सन् १९९२ मा भएको सहमति”लाई अस्वीकार गरेको हुनाले थाइवान क्षेत्रले विश्व स्वास्थ्य सम्मेलनमा भाग लिने राजनीतिक आधार नभएको पनि औँल्याउनुभयो।