१३औँ मध्य चीन लगानी व्यापार एक्स्पो हुँदै
2024-05-14 14:48:46cri
Share with:

मे १४ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालय र हु नान प्रान्तले संयुक्तरूपमा १३औँ मध्य चीन लगानी व्यापार एक्स्पो सम्बन्धी जानकारी दिएका छन्।

बताएअनुसार १३औँ मध्य चीन लगानी व्यापार एक्स्पो मे ३१ बाट जुन २ तारिखसम्म हु नान प्रान्तको छाङ शा शहरमा आयोजना हुने छ। “खुलापन तथा नविनता,मध्य भागको पुनरुत्थान”भन्ने मुख्य विषय बोकेको यस एक्स्पोले नयाँ युगमा चीनको मध्य भागका क्षेत्रहरुको विकासका लागि एउटा सहयोग मञ्च सिर्जना गर्ने छ। यस एक्स्पोले प्रदर्शन,योजनाहरुबीचको सम्पर्क,लगानी भित्र्याउनु आदि २०भन्दा बढी कार्यक्रमको आयोजना गर्ने छ।  ६० मुलुकका ८००भन्दा बढी व्यवसायीले यस एक्स्पोमा भाग लिने छन्।