सिन्च्याङको यीनिङ लोकप्रिय हुँदै गएको पर्यटन बजार
2024-05-14 15:48:21CRI
Share with:

चीनको सिन्च्याङको यी निङ शहर चीनको राष्ट्रिय ऐतिहासिक सांस्कृतिक प्रसिद्ध शहर हो। यहाँको पर्यटन बजार समृद्ध हुँदै गएको छ। लामो इतिहास बोकेको लियू सिङ सडक, स्थानीय विशेषता समेटिएका काचान्जी पर्यटन क्षेत्र लगायतका ठाउँहरूले धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

हालै वर्षहरूमा, यी निङ शहरले पर्यटन उद्योगको विकासलाई अघि बढाएको छ। सो क्रममा, गुणस्तरीय सेवा उपलब्ध गराउनुकासाथै पर्यटनसम्बन्धित् आधारभूत पूर्वाधारको निर्माण गरिरहेको छ। पर्यटन प्रतिस्पर्धात्मकता बढाउन तथा आफ्नो क्षमता उकास्नकालागि विशेष सांस्कृतिक पर्यटन उत्पादनहरूको प्रवर्द्धन गरिरहेको छ।

ग्रीष्म ऋतु आरम्भ भइसकेको यो अवस्थामा यी निङ शहर पर्यटकलाई स्वागत गर्न तयार रहेको छ।