चीनको खेलौना शहरमा प्रवेश
2024-05-17 14:41:00CRI
Share with:

चीनको क्वाङ तोङ प्रान्तको शान थौउ शहरको छङहाई क्षेत्र ४० वर्षको विकास पार गरी विश्व प्रसिद्ध खेलौना तथा उपहार शहर बनेको छ। यहाँ विश्वकै सबैभन्दा पूर्ण,ठूलो र उच्चतम बजार हिस्सा भएको खेलौना औद्योगिक क्लस्टरहरु रहेका छन्। केही वर्षयता छङहाई खेलौना व्यवसायले उत्पादन बस्तुको डिजाइन,अनुसन्धान तथा विकास र उत्पादन क्षेत्रमा नविनताको पखेटा राख्दै पूर्ण शक्तिले खेलौना व्यवसाय र सांस्कृतिक एनिमेसन रचनात्मक मिलनलाई प्रवर्द्धन गर्दै स्मार्ट, हाई-एण्ड ब्रान्डिङतर्फ विकसित भैरहेको छ। साथै अन्तर्राष्ट्रिय व्यापारको तीव्र रेल चढेको छङहाई खेलौना आफ्नो “साथी चौतारो”विस्तार गर्दै सँसारभरि पुगेको छ।