घोडा-अनुहार नामक स्कर्टद्वारा हान जातीय कपडा व्यवसायलाई चर्चित बनाएको
2024-05-14 14:45:37CRI
Share with:

    यस वर्षको प्रारम्भमा चीनको शान तोङ प्रान्तको ह च शहरको छाउ जिल्ला हान जातीय कपडा व्यवसायमा निर्भर भएर लगातार नामी बन्दै गएको छ। यसमध्ये घोडा-अनुहार नामक स्कर्टको बिक्री सबैभन्दा हट भएको देखिन्छ। जनवरीदेखि फेब्रअरीसम्म यस जिल्लाको घोडा-अनुहार स्कर्टको अनलाइन बिक्री रकम ५५करोड युआन बराबर छ भने वर्तमान चीनमा सबैभन्दा हट राष्ट्रिय शैली कपडा बस्तु बनेको छ। हाल केही वर्षयता छाउ जिल्लाले हान जातीय व्यवसायको प्रवर्द्धन गर्दै आएको छ भने अनुसन्धान,डिजाइन,प्रदर्शन,अनलाइन तथा अफलाइन बिक्रीबाट एउटा पूर्ण औद्योगिक श्रृँखला स्थापना भएको छ।