अमेरिकी "लोकतन्त्र र स्वतन्त्रता" दिवालिया हुँदैछ!
2024-05-15 09:34:35cri
Share with:

 

केही दिनयता प्यालेस्टाइनलाई समर्थन गर्ने र गाजा क्षेत्रमा स्थायी युद्धविरामको माग गर्ने प्रदर्शनहरू अमेरिकाका विभिन्न विश्वविद्यालयहरूमा फैलिएका छन् जसले व्यापक सार्वजनिक ध्यान कृष्टसँगै जगाएको छ। हालसम्म येल युनिभर्सिटी, हार्वर्ड युनिभर्सिटी र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीसहित २० भन्दा बढी प्रख्यात विश्वविद्यालयका विद्यार्थीहरू प्रदर्शनमा सामेल भएका छन्। ती विद्यार्थीहरूलाई बाल्यकालदेखि नै सिकाइन्छ कि उनीहरूसँग वाक स्वतन्त्रता छ, मानवअधिकार अपरिहार्य छ, र त्यो लोकतन्त्र उनीहरूको प्राकृतिक अधिकार हो तर जब उनीहरूले यी अधिकारहरू प्रयोग गर्छन् जुन उनीहरूलाई सधैँ सिकाइएको छ, उनीहरू के अपेक्षा गर्छन् त?

 

न्यायको माग अनुत्तरित मात्र भएन, हिंसात्मक दमन पनि भयो। अमेरिकी राष्ट्रपति बाइडेनले "यहूदी विरोधी प्रदर्शन" को निन्दा गर्नुभयो, अमेरिकी सदनका सभामुख माइक जोन्सनले प्रदर्शनकारी विद्यार्थीहरूलाई "भीड", "कट्टरपन्थी" र "आन्दोलनकारी" भनेर लेबल लगाउनुभयो। अमेरिकी सञ्चारमाध्यमका अनुसार, हालसम्म अमेरिकाले वाशिङटन, न्यूयोर्क, एटलान्टा, लस एन्जलस र अन्य ठाउँका विश्वविद्यालयहरूमा भएको प्यालेस्टाइन समर्थक प्रदर्शनका क्रममा दर्जनौँ विश्वविद्यालयहरूमा करिब २,९०० प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।

 

केही वर्षयता अमेरिकाले विश्वभर विभिन्न हिंसात्मक विरोध प्रदर्शन चलाएका छन् र त्यसला "सुन्दर परिदृश्य" को रूपमा वर्णन गरेको छ साथै बारम्बार निन्दा गरेको छ जुन सरकारले "सुन्दर परिदृश्य" लाई दमन गर्छ त्यो सरकार "तानाशाह" हो। त्यसोभए, कलेजका विद्यार्थीहरूको विरोध र प्रदर्शनको सामना गर्दा किन अमेरिकी राजनीतिज्ञले यसलाई "सुन्दर परिदृश्य" भनेर प्रशंसा गर्दैनन्, बरु उनीहरूले ठूलो संख्यामा पुलिस अधिकारीहरूलाई क्याम्पसमा जबरजस्ती घुसाएका छन् र धम्की दिएका छन्? र "प्यालेस्टाइनलाई समर्थन गर्ने" सबै कलेजका शिक्षकहरू र विद्यार्थीहरूलाई "इजरायलको विरोध गर्ने स्वतन्त्रता नभएको" भनेर धम्की दिएका छन्, के यो अमेरिकाले देखाइरहेको "लोकतान्त्रिक स्वतन्त्रता" हो?

 

यस घटनाले फेरि एक पटक "स्वतन्त्रता" भन्ने लेबल लगाइएको तथाकथित "पश्चिम मूल्य" लाई अझ विडम्बनापूर्ण बनाएको छ। यसका साथै अन्तर्राष्ट्रिय जगतमा तथाकथितनैतिक प्रहरीलोकतान्त्रिक प्रहरीका रूपमा रहेको अमेरिकाको छवि पनि पूर्ण रूपमा ध्वस्त भएको छ। अमेरिकी "लोकतन्त्र र स्वतन्त्रता" दिवालिया हुँदैछ!