राष्ट्राधयक्ष सी चिनफिङद्वारा पा ता लिङ ग्रेटवालको फेदीमा बसोबास बासिन्दालाई जवाफी चिट्ठी
2024-05-15 17:12:46cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मे १४ तारिख पैचिङ शहरको यान छिङ जिल्लामा अवस्थित पा ता लिङ बस्ती मातहतको शस्या गाउँका बासिन्दाहरूलाई जवाफी चिट्ठी पठाउँदै उनीहरूलाई हार्दिक अभिवादन व्यक्त गर्नुहुँदै आशा पनि प्रस्तुत गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, ग्रेटवाल चीनको प्रतिनिधि चिन्ह र चिनियाँ सभ्यताको महत्वपूर्ण प्रतीक हो। त्यसमा चीन राष्ट्रको अथक प्रयास र देशभक्त दृढ भावना पनि रहेको छ। त्यस ऐतिहासिक सांस्कृतिक पूरातात्विक वस्तुको राम्रोसँग संरक्षण र उत्तराधिकार गर्नु नै चिनियाँ जनताको साझा कर्तव्य हो। उहाँले लगातार प्रयास गर्दै आफ्नो घरबार जस्तै ग्रेटवालको राम्ररी संरक्षण गरी चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउनका लागि योगदान गर्दै जान ती बासिन्दाहरूलाई प्रेरणा पनि दिनुभएको छ।

हाल पा ता लिङ ग्रेटवालको फेदीमा रहेको शस्या गाउँका बासिन्दाहरूले राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाउँदै निरन्तर रूपमा ग्रेटवालको संरक्षण गर्दैजाने र ग्रेटवाल संस्कृतिको बिँडो थाम्ने दृढ अठोट प्रकट गरेका छन्।