डिजिटल अर्थतन्त्रलाई जोड दिँदै चीन-आशियान नविन व्यवसाय प्रतियोगिताको अन्तिम चरण इण्डोनेशियामा
2024-05-15 14:56:58cri
Share with:

मे १५ तारिख दोस्रो चीन आशियान नविन व्यवसाय प्रतियोगिताअन्तर्गत अन्तिम चरणको प्रतियोगिता इण्डोनेशियाको राजधानी जकार्तामा आयोजना भएको छ।

 “डिजिटल सशक्तिकरण,भविष्यको संयुक्त उपभोग”भन्ने मुख्य विषय लिएको यस प्रतियोगिता वर्तमान क्षेत्रीय विज्ञान प्रविधिको केन्द्रविन्दूमा रहेर डिजिटल अर्थतन्त्रलाई जोड दिएको छ। चीन र आशियान मुलुकका विश्वविद्यालय,विज्ञान अनुसन्धान प्रतिष्ठान आदि सँस्थाहरूले प्रतियोगितामा योजना पेश गरेका छन्।

सन् २०२३को जुलाईयता चीन,आशियान मुलुकहरुबाट जम्मा गरी २८० वटा योजनाहरूले यस प्रतियोगितामा भाग लिएका छन्। जसले चीन र आशियान क्षेत्रको नविन शक्ति उकास्दै आपसी वैज्ञानिक प्राविधिक सहयोगको समृद्धि तथा विकासलाई प्रवर्द्धन गरेको छ।