यदि फिलिपिन्सले चीनको सद्भावको दुरूपयोग गरेमा चीनले कानुन बमोजिम प्रतिबन्ध लगाउने
2024-05-15 17:12:10cri
Share with:

मे १५ तारिख ५ वटा वाणिज्य मत्स्य जहाजका झण्डै २ सय सर्वसाधारण फिलिपिन्सबाट ह्वाङ येन टापु वरिपरिको समुद्री क्षेत्रतर्फ प्रस्थान गरेका छन्। यस यात्राको उद्देश्य उनीहरूले विवाद सहित समुद्री क्षेत्रको हित-अधिकारको संरक्षण गर्नु हो।  

 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले मे १५ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभयो। उक्त विषयबारे चर्चा गर्दै उहाँले ह्वाङ येन टापु चीनको अविच्छिन्न भूखण्ड हो भन्दै ह्वाङ येन टापु र त्यस वरपरको समुद्री क्षेत्रको सन्दर्भमा चीनको विवाद गर्न नसकिने सार्वभौमिकता रहेको कुरामा जोड दिनुभएको छ। यदि फिलिपिन्सले चीनको सद्भावलाई दुरूपयोग गरेमा चीनले कानुन बमोजिम जवाफी कारवाई चलाएर त्यसमाथि प्रतिबन्ध लगाउनेछ। सम्बद्ध जिम्मेवारी र नतिजा पूराका पूरै फिलिपिन्सले बहन गर्नुपर्छ।