सोलोमन द्वीप समूहका परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएकोमा पेटर आगोवाकालाई चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा बधाई सन्देश
2024-05-15 15:03:39CRI
Share with:

मे १४ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले पेटर आगोवाकालाई सोलोमन द्वीप समूहका परराष्ट्र तथा वैदेशिक व्यापार मन्त्रीमा नियुक्त हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा वाङ यीले व्यक्त गर्नुभएको छ, चीन र सोलोमन द्वीप समूहको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशका राष्ट्रनायकहरूको रणनीतिक मार्गदर्शनमा चीन र सोलोमन द्वीप समूहबीचको राजनैतिक आपसी विश्वासलाई निरन्तरताका साथ गहिरो बनाउँदै लगेको छ र आपसी लाभकारी सहयोगका नतिजाहरू प्राप्त गर्दै नयाँ युगमा पारस्परिक सम्मान गर्ने, संयुक्त विकास गर्ने विस्तृत रणनीतिक साझेदारी भएका छन्। दुई देशका जनताका लागि हित पुगेको छ र क्षेत्रीय विकास र समृद्धि पनि उकासेको छ।

चीनले दुई देशबीचको सम्बन्धको विकासको लागि उच्चस्तरीय ध्यान दिँदै सोलोमन द्वीप समूहसँग निरन्तरताका साथ दुई पक्षीय छलफललाई गहिरो बनाउन, विभिन्न क्षेत्रीय व्यावहारिक सहकार्यलाई अघि बढाउन, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाहरूमा भएका समन्वयलाई सुदृढ गर्न र चीन-सोलोमन द्वीप समूहबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन इच्छुक रहेको पनि वाङ यीले व्यक्त गर्नुभएको छ।