चिनियाँ उत्पादनमाथि भन्सार शुल्क थपेर अमेरिकाले गल्ती दोहोर्याउँदै गएको चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ
2024-05-15 17:13:14cri
Share with:

चिनियाँ परारष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले मे १५ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। अमेरिकाले चीनमाथि नयाँ भन्सार शुल्क थप्ने घोषणा गरेको विषयबारे पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिँदै प्रवक्ता वाङले अमेरिकाको संरक्षणवादी कदमले विश्वको उत्पादन तथा आपूर्ति शृङ्खलाको सुरक्षा तथा स्थिरताका लागि अरु बढी क्षति पुर्‍याउने विचार व्यक्त गर्नुभयो।

 

प्रवक्ता वाङका अनुसार,  धेरै युरोपेली राजनीतिक नेताहरुले अरु बढी भन्सार शुल्क उठाउनु विश्वको व्यापारलाई विथोल्ने खराब छनोट रहेको विचार प्रकट गर्नुभएको कुरा चीनले ध्यान दिएको छ। चीनले विश्व व्यापार संगठनको नियमको पालना गरी तुरुन्तै उक्त कदम रद्द गर्नुपर्ने ताकिता गरेको छ। चीनले आफ्नो हक-हितको संरक्षण गर्न सबै आवश्यक कदम चाल्नेछ।