चीन-रुस नयाँ युगमा सर्वतोमुखी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन पार्ने संयुक्त वक्तव्यमा हस्ताक्षर
2024-05-16 16:34:51CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे १६ तारिख पैचिङमा अवस्थित जन बृहत सभा भवनमा चीन भ्रमणमा रहनुभएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट-वार्ता गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकले संयुक्त रुपमा “दुई मुलुक बीचको दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवका उपलक्ष्यमा जन गणतन्त्र चीन तथा संघीय रुसको नयाँ युगमा सर्वतोमुखी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन पार्ने संयुक्त वक्तव्य”मा हस्ताक्षर गर्नुका साथै त्यसलाई प्रकाशित गर्नुभयो।