सिङ्गापुरका प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हुआङ स्यून् छेलाई प्रधानमन्त्री ली छ्याङद्वारा बधाई सन्देश
2024-05-16 10:51:48CRI
Share with:

मे १५ तारिख चीनका प्रधानमन्त्री ली छ्याङले हुआङ स्यून् छेलाई सिङ्गापुरका प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा ली छ्याङले चीन र सिङ्गापुर मैत्रीपूर्ण छिमेकीका साथै महत्वपूर्ण सहकार्य साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशको राजनैतिक आपसी विश्वासलाई निरन्तरताका साथ गहिरो बनाउँदै लगेको र विभिन्न क्षेत्रका सहयोगहरूमा उपलब्धि प्राप्त गर्दै पारस्परिक विकासलाई मात्र नभई क्षेत्रीय मुलुकहरूबीचका सहकार्यहरूमा उन्नत नमुना बनेको बताउनुभयो। गत वर्ष दुई देशबीच चौतर्फी उच्च गुणस्तरीय अग्रगामी साझेदारी सम्बन्ध स्थापना भएपछि नयाँ युगमा चीन-सिङ्गापुर सम्बन्धको रणनीतिक दिशालाई स्पष्ट पारिएको र चीनले चीन-सिङ्गापुरबीचको सम्बन्ध विकासका लागि उच्चस्तरिय ध्यान दिँदैआएको व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री हुआङ स्यून छेसँग नजिकै समन्वय र छलफल गर्न, पारस्परिक उच्च गुणस्तरीय सहकार्यहरू अघि बढाउन, दुई देशबीचको परम्परागत मित्रतालाई सुदृढ गर्न, दुई देशबीचका जनताका लागि थप हित पुर्याउन र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका लागि महत्वपूर्ण योगदान दिन इच्छुक रहेको पनि प्रधानमन्त्री ली छ्याङले व्यक्त गर्नुभएको छ।