भयङ्कर बाढीपछि चिनियाँ राष्ट्राध्यक्षद्वारा ब्रजिलका राष्ट्रपतिलाई शोक सन्देश
2024-05-16 09:37:29cri
Share with:

मे १४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलको रियो ग्रान्ड डो सुल राज्यमा भयङ्कर बाढीबाट भएको हताहत तथा क्षतिप्रति ब्राजिलका राष्ट्रपति लुलालाई शोक सन्देश पठाउनुभएको छ। उहाँले चीन सरकार र चिनियाँहरुको तर्फबाट उक्त प्रकोपका कारण मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै मृतकका परिवार तथा प्रकोपग्रस्त जनताप्रति समवेदना व्यक्त गर्नुभएको छ। ब्राजिलका प्रकोपग्रस्त क्षेत्र तथा जनताले छिटो रुपमा कठिनाई पार गरेर घर आबास पुनःनिर्माण गर्नसक्ने विश्वास उहाँले लिनुभएको छ।