चिनियाँ राष्ट्राध्यक्ष र रुसी राष्ट्रपति बीच ठूलो परिधिको वार्ता
2024-05-16 14:49:37cri
Share with:

मे १६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभाभवनमा चीनको भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ठूलो परिधिको वार्ताको आयोजना गर्नुभएको छ। यस अवसरमा राष्ट्राध्यक्ष सीले राष्ट्रपति पुटिनद्वारा गरिएको चीनको भ्रमणप्रति हार्दिक स्वागत व्यक्त गर्नुभएको छ।

उहाँले जोड दिनुभएअनुसार यस वर्ष चीन र रुसबीच दौत्य सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सव हो भने यो चीन र रुस बीचको सम्बन्धको विकासको इतिहासमा कोषेढुङ्गाको भावार्थसहित महत्त्वपूर्ण वर्ष हो। ७५ वर्षयता चीन र रुसले हातमा हात मिलाएर ठूला मुलुक र छिमेकीबीच पारस्परिक सम्मान र सहअस्तित्व,सहयोग तथा साझा फाइदा रहेको नयाँ बाटोमा हिँड्दै आएका छन्। दुई पक्षबीचको सँयुक्त प्रयासमा चीन र रुस बीचको सम्बन्ध सधै अगाडितर्फ विकसित भइरहेको छ भने आपसी चौतर्फी रणनीतिक सहयोग,आर्थिक तथा व्यापारिक,लगानी,ऊर्जास्रोत,मानवीय संस्कृति आदि क्षेत्र बीचको सहयोग निरन्तर बढ्दै गएका छन्। जसले वैश्वीक रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सम्बन्धको प्रवर्द्धनका लागि सकारात्मक योगदान सिर्जना गरेको देखिन्छ।

यी दुवै पक्षहरुले ७५औँ वार्षिकोत्सवलाई नयाँ सुरुवातको रुपमा लिँदै आपसी रणनीतिक सम्पर्कलाई अघि बढाउँदै दुई राष्ट्रहरु र जनताहरुलाई अझ राम्ररी लाभ सिर्जना गर्नसक्छन्। राष्ट्रपति पुटिनसँग मिलेर यी दुई मुलुकका विभिन्न क्षेत्रको सहयोगको विकासका लागि नयाँ योजना सिर्जना गर्ने आशा राष्ट्राध्यक्ष सीको रहेको छ।