“चीन-रूस सांस्कृतिक वर्ष”बाट चीन-रूस मैत्रीपूर्ण उत्तराधिकारका लागि नयाँ जिवन्त शक्ति थपिने: सी चिनफिङ
2024-05-16 19:06:10CRI
Share with:

मे १६ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पैचिङस्थित राष्ट्रिय थिएटरमा संयुक्त रूपमा “चीन-रूस सांस्कृतिक वर्ष”को उद्घाटन समारोह अर्थात् चीन रूस दौत्य सम्बन्ध कायम भएको ७५ औँ वार्षिकोत्सव मनाइने विशिष्ट साङगीतिक समारोहमा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले दुवै पक्ष बीचको यस्तो बिशाल सांस्कृतिक घटनाको शुभारम्भ गरिएकाले चीन रूस मैत्रीपूर्ण उत्तराधिकार र दुवै देशका जनता बीचको पारस्परिक समझदारीका लागि नयाँ जिवन्त शक्ति थपिदिने विश्वास व्यक्त गर्नुभएको छ।