सी चिनफिङद्वारा पुटिनसँग सानो परिधिको वार्ता
2024-05-16 14:44:37cri
Share with:

मे १६ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सानो परिधिको वार्ता गर्नुभएको छ।

 

सी चिनफिङले केही समयअघि रूसका नयाँ राष्ट्रपतिको पदमा शपथ लिएर पाँचँ राष्ट्रपतिको कार्यावधिको औपचारिक रूपमा सुरू गर्नुभएकोमा उहाँ र रूसी जनताला फेरि एकपटक हार्दिक शुभकामना ज्ञापन गरेको उल्लेख गर्नुभयो। तपाँको नेतृत्वमा रूसको राष्ट्रिय विकास तथा निर्माणको नयाँ तथा अरू ठूलो उपलब्धि हासिल हुने विश्वास मैले लिएको छु, सी चिनफिङले व्यक्त गर्नुभयो।

 

सी चिनफिङले चीन-रूस दत्य सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सव मनाउनु नै यसै वर्षभर दु देश सम्बन्ध विकासको प्रमुख विषय रहेको पनि बताउनुभयो। उहाँले चीन-रूस सम्बन्ध स्थीर विकास दु देश तथा दु देशका जनताका मूल हितसँग अनुकूल रहनुका साथै क्षेत्रीय तथा विश्व शान्ति, स्थीरता, समृद्धिकालागि पनि फाइदा पुग्ने भन्दै नयाँ यात्रामा चीनले रूससँग पसी विश्वसनीय असल छिमेकी, मित्रता, साझेदार भएर दुई देशका जनताबीचको युगौँयुगको मित्रतालाई अरू दृढ पारी दुई देशको आ-आफ्नो विकास र विश्वको न्यायलाई बढाउने इच्छा लिएको औँल्याउनुभयो।