राष्ट्राध्यक्ष सी चिन फिङद्वारा आठौँ चीन-रुस एक्स्पोलाई शुभकामना पत्र
2024-05-17 18:09:42cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे १७ तारिख आठौँ चीन-रुस एक्स्पोलाई शुभकामना पत्र पठाउनुभएको छ।

 

सो शुभकामना पत्रमा राष्ट्राध्यक्ष सीले चालु वर्ष चीन र रुस बीचको दौत्य सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सव भएको उल्लेख गर्दै इतिहासको नयाँ शुरुवातमा दुई मुलुक बीचको सम्बन्धले इतिहासको नयाँ अवसरको सामना गरी विकासको अरु फराकिलो भविष्य देखाउने औँल्याउनुभएको छ।

 

शुभकामना पत्रमा राष्ट्राध्यक्ष सीले दुई मुलुकका विभिन्न क्षेत्रसँग यस पटकको एक्स्पोको सुअवसर छोपेर गहन रुपमा आदान-प्रदान गरी दुई मुलुक बीचको नयाँ युगमा सर्वतोमुखी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासमा नयाँ प्रेरित शक्ति पुर्याउन सक्ने आशा आफूले गरेको कुरामा जोड दिनुभएको छ।

 

आठौँ चीन-रुस एक्स्पोको मुख्य विषय सहकार्य, आपसी विश्वास र अवसर रहेको छ। आठौँ चीन-रुस एक्स्पो मे १७ तारिख है लोङ च्याङ प्रान्तको हारपिन शहरमा शुरु भएको हो।