चीन-रूस मेलमिलापयुक्त सम्बन्ध
2024-05-17 19:13:35cri
Share with:

चीन-रूस सांस्कृतिक वर्षको उद्घाटन समारोह अर्थात् चीन रूस दौत्य सम्बन्ध कायम भएको ७५ औँ वार्षिकोत्सव मनाइने विशिष्ट साङ्गीतिक समारोह मे १६ तारिख चीनको राष्ट्रिय थिएटरमा भब्यता साथ आयोजना गरिएको छ।

सोही दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा चीन भ्रमणमा रहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेट-वार्ता र सानो परिधिको वार्ताको पनि आयोजना गरिएको छ। दुवै देशका राष्ट्रनायकले सम्पूर्ण रूपमा चीन रूस दौत्य सम्बन्ध कायम भएको ७५ वर्षयता प्राप्त सफल अनुभवलाई निचोड निकाल्नुका साथै द्विपक्षीय सम्बन्ध र साझा चासोका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुभयो। यसका अतिरिक्त चीन रूस दुवै पक्षले संयुक्त बक्तव्य जारी गर्दै विविध सहयोगात्मक दस्तावेजमा पनि हस्ताक्षर गरेका छन्। त्यसले द्विपक्षीय सम्बन्धलाई गहन पार्नका लागि नयाँ प्रेरित शक्ति थपिदिएको छ।

भविष्यतर्फ उन्मुख गर्दा चीन र रूस यी दुवै असल छिमेकी, राम्रा साथी र साझेदारीले विगतमा झैँ हातमा हात मिलाउँदै आ-आफ्नो देशको विकास र समृद्धि बढाउन र विश्व शान्ति तथा स्थिरताको संरक्षणका लागि अझ बढी सकारात्मक योगदान गर्दै जानेछन्।