अफ्गानिस्तानको भयङ्कर बाढीप्रति चिनियाँ परराष्ट्र मन्त्रीको सान्त्वना सन्देश
2024-05-17 14:50:07cri
Share with:

मे १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अफ्गानिस्तानमा आएको भयङ्कर बाढीप्रति अफ्गानिस्तान सरकारका कार्यवाहक परराष्ट्र मन्त्री अमीर खान मुट्टाकीलाई सान्त्वना सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार, केही दिनदेखि अफ्गानिस्तानका धेरै स्थानहरुमा गम्भीर बाढीप्रकोप गएको छ जसबाट जनधनको ठूलो क्षति भएको छ। परराष्ट्र मन्त्री वाङले मृतकहरुप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवार तथा घाइतेहरुप्रति सदिच्छापूर्ण समवेदना व्यक्त गर्नुभएको छ। अफ्गानिस्तानका जनताहरुले उक्त प्रकोपको प्रतिरोध गर्दै छिटो सामान्य जीवनमा फर्कनसक्ने विश्वास परराष्ट्र मन्त्री वाङले गर्नुभएको छ। चीनले अफ्गानिस्तानको मागबमोजिम  प्रकोप उद्धार कार्यका लागि सक्दो सहायता प्रदान गर्ने छ।