चिनियाँ राष्ट्राध्यक्ष र रुसी राष्ट्रपतिबीच चोङ नान हाईमा सानो परिधिको वार्ता
2024-05-17 14:44:15cri
Share with:

मे १६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चोङ नान हाईमा सानो परिधिको वार्ताको आयोजना गर्दै आरामदायी वातावरणमा आपसी साझा अभिरुचिका रणनीतिक मामिलाहरुबारे गहिरो वैचारिक आदानप्रदान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार वर्तमान विश्वसामु एक सय वर्षमा नदेखिएको ठूलो परिवर्तन देखापरेको छ। चीनले रुस लगायत अन्य मुलुकहरुसँग एकताबद्ध भएर सहयोगलाई मजबुत बनाउँदै अन्तर्राष्ट्रिय निष्पक्षताको संयुक्त संरक्षण गर्दै जाने आशा छ।  राष्ट्रपति पुटिनका अनुसार रुसले चीन र अन्य “ग्लोबल दक्षिण क्षेत्र”मुलुकहरुसँग न्यायपूर्ण तथा बहुध्रुवीयताको संसारको स्थापनालाई प्रवर्द्धन गर्दै जाने आशा छ।

युक्रेन संकटको सम्बन्धमा राष्ट्राध्यक्ष सीले चीनको द्दढ अडान र यस संकटको राजनीतिक समाधानका लागि गरेको प्रयास बारे प्रकाश पार्नुभएको छ। चीनले युक्रेन समस्याको छिटो समाधान गर्न निरन्तर रचनात्मक भूमिका सिर्जना गर्दै जाने आशा छ। राष्ट्रपति पुटिनले यस समस्यामा चीनको न्यायपूर्ण अडानप्रति प्रशँसा गर्दै चीनद्वारा युक्रेन समस्याको सामाधानमा निरन्तर महत्वपूर्ण रचनात्मक भूमिका खेल्दै जाने आशा व्यक्त गर्दै यसको स्वागत गर्नुभएको छ।