फुच्यान विमानवाहक जहाजको पहिलो परीक्षण निर्धारित लक्ष्य पूरा
2024-05-17 18:10:25cri
Share with:

राष्ट्रिय रक्षा मन्त्रालयको प्रेस ब्युरोका उप-प्रमुख, राष्ट्रिष रक्षा मन्त्रालयका प्रवक्ता, मेजर कर्नेल चाङ स्याउ काङले हाल सैन्य सम्बन्धी विषयहरुको जानकारी दिनुभएको छ।

 

प्रवक्ता चाङ स्याउ काङका अनुसार, चीनको तेस्रो विमानवाहक जहाज अर्थात फुच्यान विमानवाहक जहाजको पहिलो परीक्षण सफलताका साथ पूरा भएको छ। परीक्षण कार्यले निर्धारित लक्ष्य पूरा गरेको छ। सो परीक्षण विमानवाहक जहाजको उत्पादन क्रममा सामान्य कुरा हो र यसले कुनै पनि विशेष लक्ष्य, क्षेत्र तथा मुलुकलाई लक्षित गरेको छैन।

 

प्रवक्ता चाङ स्याउ काङले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा तथा विकासको हितको संरक्षण गर्ने आवश्यकता रहेकाले चीनले स्वतन्त्र रुपमा विमानवाहक जहाजको अनुसन्धान गरी उत्पादन गरेको कुरामा जोड दिनुभयो।